PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नवजात शिशु मृत फेला, कोशी नदीमा बालकको शव भेटियो



पहिलोपोस्ट

राजविराज: सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ।

रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ।

खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दा शिशु फाल्ने व्यक्तिको पहिचान भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए। स्थानीय स्वास्थ्य चौकी, सीतापुरमा राति करिब १२ बजे सरस्वती सुत्केरी भई शिशुलाई सकुसल घर लगेकी थिइन्।

शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराजमा ल्याइएको र घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रनाउ उप्रेतीले बताए।

यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित कोशी नदीमा पनि एक बालकको शव फेला परेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell