PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

सशस्त्र प्रहरीले माग्यो २३ सय जवानमा नयाँ भर्ना, ८ पास गरेकाले आवेदन दिन सक्ने

सशस्त्र प्रहरीले माग्यो २३ सय जवानमा नयाँ भर्ना, ८ पास गरेकाले आवेदन दिन सक्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: सशस्त्र प्रहरीले प्रहरी जवान र प्रहरी परिचर पदमा नयाँ भर्नाका लागि पदपूर्ति सूचना प्रकाशित गरेको छ। मंगलबार सूचना प्रकाशित गरी प्रहरी जवानतर्फ २३ सय जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो। 

खुल्ला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। खुल्लातर्फ १२ सय १९, महिलातर्फ २०७, आदिवासी जनजातितर्फ २९०, दलितमा १५५, पिछडिएको क्षेत्रमा ५२ र अमर अशक्त प्रहरी परिवारका लागि ४६ कोटा निर्धारण गरिएको छ।

यस्तै, परिचरतर्फ भान्से, केश कर्तक, सुचीकार, कुचीकार, चर्मकर्मी गरी दुई सय जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको हो। 

दरखास्त दिन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बलका प्रधान कार्यालय हलचोकसँगै क्षेत्रीय कार्यालयमा पनि फाराम भर्न सक्नेछन्। सुनसरी, बारा, सुर्खेत, कैलाली, पोखरा, नवलपरासी र बाँकेबाट पनि उम्मेदवारले दरखास्त दिन सक्नेछन्। 

जवानका लागि न्युनतम शैक्षिक योग्यता कक्षा ८ पास भएको हुनु पर्नेछ। 

परीक्षा फाराम साउन ३१ गते मंगलबारदेखि भदौ २८ गतेसम्म भर्न सकिनेछ। १८ वर्ष पूरा भई २५ वर्ष नकटेका व्यक्तिले खुलातर्फ आवेदन दिन सक्नेछन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell