PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

डाक्टर केसीको पक्षमा रचनात्मक समर्थन, गोविन्द एन्थम ‘म गोविन्द बन्छु’



पहिलोपोस्ट

डाक्टर केसीको पक्षमा रचनात्मक समर्थन, गोविन्द एन्थम ‘म गोविन्द बन्छु’

काठमाडौं: गुणस्तरीय चिकित्सा सेवा र शिक्षाको लागि अनशनरत डाक्टर केसीको पक्षमा विभिन्न प्रदर्शन भइरहँदा उनको नाममा ‘गोविन्द एन्थम’ बनेको छ। कलात्मक समर्थनका लागि ‘म गोविन्द बन्छु’ बोलको गीत सार्वजनिक भएको हो।

अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा गीत तयार भएको छ। गीतको संगीत संयोजन भने रन्जेन झाले गरेका हुन्। आर्टमाण्डुले प्रस्तुत गरेको गीतको लिरिकल भिडियो रञ्जित मानन्धरले तयार गरेका हुन् भने भिडियो सम्पादन एसडी योगीको रहेको छ।

डाक्टर केसीको ११ औं पटकको अनशन जारी छ। उनको समर्थनमा विभिन्न समूह, संस्था तथा व्यक्तिले सरकारलाई दबाब दिने योजनासहितका कार्यक्रम, र्‍याली, रिले अनशन लगायत आयोजना भइरहँदा अंकित बाबु अधकारी र युनिटले तयार गरेको यो रचनात्मक समर्थन।

हेर्नुस् गीतको लिरिकल भिडियो:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell