PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पोखरामा सैनिक जवानमाथि आफ्नै सहकर्मीले गोली चलाए, घटनास्थलमै मृत्यु



नरहरि पौड्याल

पोखरामा सैनिक जवानमाथि आफ्नै सहकर्मीले गोली चलाए, घटनास्थलमै मृत्यु

पोखराः पोखराको रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिक जवानले सहकर्मीलाई गोली प्रहार गरी हत्या गरेका छन्। 

दार्चुला स्थायी घर भई रत्न मन्दिरभित्र सुरक्षामा खटिएका सैनिक प्युठ बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको मंगलवार बिहान ४ः३० बजे गोली हानी हत्या गरेको वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरिक्षक बसन्त शर्माले बताए। 

लोहोरले विष्टलाई सात राउन्ड गोली प्रहार गरेको शर्माले बताए। गोली प्रहार गर्ने लोहारलाई सेनाले नियन्त्रणमा लिएको छ। 

आपसी मनमुटावका कारण सहकर्मीमाथि गोली हानेको हुन सक्ने निरीक्षक शर्मााले बताए। पोखराको फुलवारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षामा सेना खटिँदै आएको छ। गोलीकाण्डबारे थप विवरण आउन वाँकी छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell