PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

रेफ्रीलाई धकेल्ने रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध, अपिलका लागि दश दिन



पहिलोपोस्ट

रेफ्रीलाई धकेल्ने रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध, अपिलका लागि दश दिन

रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पाँच खेलको प्रतिवन्ध लागेको छ।

स्पानिस सुपर कप अन्तर्गत बार्सिलोना विरुद्धको पहिलो लेगमा रातो कार्ड पाएको र रेफ्रीलाई दुर्व्यवहार गरेको आरोपमा स्पानिस पुटबल फेडेरेसनले रोनाल्डोलाई ५ खेलको प्रतिवन्ध लगाएको हो।

उनलाई रातो कार्ड बापत र रेफ्रीलाई धकलेको आरोपमा ४ खेलको प्रतिबन्ध लागेको हो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रोनाल्डोले गोल गरेपछि जर्सी खोलेर 'सेलेब्रेसन' गर्दा पहिलो पहेँलो कार्ड पाएका थिए भने त्यसको दुई मिनेटपछि नै 'डाइभ' गरेको भन्दै रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएका थिए।

दुई पहेँलो कार्डस्वरुप रातो कार्ड देखाएपछि रोनाल्डोले रेफ्री रिकार्डो डि बुर्गोसलाई पछाडीबाट धकेलेका थिए।

प्रतिवन्धपछि रोनाल्डोले अब बिहिबार घरुले मैदानमा बार्सिलोना विरुद्ध हुने स्पानिस सुपर कपको दोस्रो लेग खेल गुमाउनेछन्। यस्तै अगस्ट १९ बाट सुरु हुने ला लिगाका चार खेल समेत गुमाउनेछन्।

रोनाल्डोलाई प्रतिवन्ध विरुद्ध अपिल गर्नको लागि दश दिनको समय दिइएको छ।

प्रतिवन्ध जारी रहेको खण्डमा रोनाल्डोले अब सेप्टेम्वर २० मा रियल बेटिस विरुद्ध हुने ला लिगा खेलसम्म कुर्नुपर्नेछ। उनले युरोपियन च्याम्पियन्स लिगका खेल भने खेल्न पाउनेछन्।

रोनाल्डोले अगस्ट २० मा हुने डेपोर्टिभा ला कुराना, भ्यालेन्सिया, लेभान्टे र रियल सोसिडाड विरुद्धको खेल गुमाउने भएका हुन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell