PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

इन्जिनियरलाई जागिरको अवसर, पुनर्निर्माण प्राधिकरणले माग्यो  ११ सय जनशक्ति 

इन्जिनियरलाई जागिरको अवसर, पुनर्निर्माण प्राधिकरणले माग्यो  ११ सय जनशक्ति 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: राष्ट्रिय पुननिर्माण प्राधिकरणले ३७४ इन्जिनियरसहित करार सेवामा १ हजार १०१ जनशक्ति माग गरेको छ। भूकम्प प्रभावित ३१ जिल्लामा कार्यसम्पादनका लागि प्राधिकरणले करार सेवामा जनशक्ति माग गरेको हो। 

प्राधिकरणले ३७४ इन्जिनियर, ३९१ सव–इन्जिनियर र ३३६ असिीटेन्ट सव–इन्जिनियर माग गरेको हो। प्राधिकरणले मंगलबार सूचना प्रकाशन गरी १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। 

प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा खटिने गरी जनशक्ति माग गरेको हो। सिभिल र जनरल तर्फ इन्जिनियर माग भएको हो। 

प्राधिकरणका अनुसार इन्जिनियरले राजपत्राङ्कित तृतीय श्रेणी सरह सेवा सुविधा पाउनेछन्। यस्तै, सव–इन्जिनियरले राजपत्रअनंकित प्रथम श्रेणी सरहको सेवा सुविधा पाउनेछन्। असिस्टेन्टले राजपत्राङ्कित द्धितीय श्रेणीको कर्मचारी सरह सुविधा पाउनेछन्। 

कार्यसम्पादनका आधारमा ५० प्रतिशतसम्म र भौगोलिक क्षेत्रका आधारमा २५ प्रतिशतसम्म अतिरिक्त भत्ता हुनेछ। 
लिखित र अन्तर्वार्ताबाट जनशक्ति छनोट हुनेछ। 

दरखास्त फाराम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय थापाथलीमा उपलव्ध हुनेछ। 
 


ट्रेन्डिङ पोस्ट

Ncell