PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बढीले रौतहट जिल्लाका निर्वाचन सामग्री विग्रिए, मतपत्र भने सुरक्षित



पहिलोपोस्ट

बढीले रौतहट जिल्लाका निर्वाचन सामग्री विग्रिए, मतपत्र भने सुरक्षित

काठमाडौंः रौतहट जिल्लामा स्थानीय तह निर्वाचनका लागि लगेका निर्वाचन सामग्री बाढी पसेर विग्रिएका छन्। 

स्थानीय तह निर्वाचन बाँकी रहेको प्रदेश नम्बर २ का जिल्ला मध्ये रौतहट जिल्लाका निर्वाचन सामग्री बाढीका कारण विग्रिएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बैशाख ३१ गते नै निर्वाचन गराउने गरी अधिकांश निर्वाचन सामग्री जिल्ला जिल्लामा पुर्याएर राखेको थियो। 

‘निर्वाचन हुन बाँकी प्रदेश नम्बर दुई बाढीग्रस्त भएर डुबान हुँदा एकरदुई जिल्ला बाहेक सबै जिल्लामा निर्वाचन सामग्री सुरक्षित छ,’ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो पोस्टसँग भने, ‘रौतहट जिल्लामा सामग्री राखिएको कोठामा बाढी पसेको छ। 

तर, त्यहाँ पनि मतपत्र भने सुरक्षित नैं छ।’ उनले सबैभन्दा ‘सेन्सेटिभ’ सामग्री मतपत्र सुरक्षित रहेकाले अन्य सामग्री विग्रदा निर्वाचनका लागि समस्या नहुने बताए। 

‘अन्य जिल्ला बाढीग्रस्त भएपनि निर्वाचन अधिकारीको सक्रियतामा  निर्वाचन सामग्री सुरक्षित छन,’ यादवले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell