PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

गृहमन्त्रीले विमानस्थलमा नै खडा गरे अस्थायी कार्यकक्ष, राहत वितरणलाई व्यवस्थित गरिने



पहिलोपोस्ट

गृहमन्त्रीले विमानस्थलमा नै खडा गरे अस्थायी कार्यकक्ष, राहत वितरणलाई व्यवस्थित गरिने
फोटो बसन्त विक्रान्तको फेसबुकबाट

काठमाडौः सधै गृह मन्त्रालयको सुकसुकाउदो कार्यकक्षमा वसेर निर्देशन दिने गृहमन्त्री जनार्दन शर्मा मंगलवार भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही मेच राखेर कार्यकक्ष खडा गरेका छन्। 

गृहमन्त्री शर्माले विमानस्थलबाट उद्धार र राहतमा परिचालन हुने हेलिकप्टर र राहत सामग्रीलाई व्यवस्थित गर्ने अस्थायी कार्यकक्ष संचालन गरेका हुन्।

मन्त्री शर्माले तीन सुरक्षा निकायका प्रमुखलाई पनि विमानस्थलमा नै बोलाएका छन्। गृहमन्त्रीका एक सहयोगीले भने,‘राहतमा अनियमितता र बास्तविक पीडित समक्ष राहत नपुगेको गुनासो आएपछि मन्त्री आफैं विमानस्थलमा आएर खटिनु भएको हो।’ सरकारले बाढी पहिरो पीडितका लागि राहत वितरण गर्न एकद्वार प्रणाली लागू गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell