PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

सरकारी सेवामा एकैदिन झण्डै पाँच हजार जनशक्ति माग, कुन निकायले कति मागे? हेर्नुस् विज्ञापन

सरकारी सेवामा एकैदिन झण्डै पाँच हजार जनशक्ति माग, कुन निकायले कति मागे? हेर्नुस् विज्ञापन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः विभिन्न सेवा र समूहमा गरी मंगलबार एकै दिन सरकारी सेवामा चार हजार आठ सय ६६ जनशक्ति माग भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीको स्थायी सेवामा तीन हजार सात सय ६५ जनशक्ति माग भएको छ। भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा एक हजार १०१ जना जनशक्ति माग गरेको छ।

नेपाल प्रहरीमा प्राविधिकतर्फ एमडी तथा एमबीबीएस डाक्टरसहित ९३ जना जनशक्तिको माग भएको छ।

 पढ्नुस् : सरकारी सेवाको अवसरः नेपाल प्रहरी माग्यो अधिकृतसहित १२ सय ६५ जनशक्ति

यस्तै नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर), प्रहरी सहायक निरीक्षक (असइ) तथा जवान गरी ११ सय ७२ जनाको पदपूर्तिको सूचना प्रकाशित भएको छ। इन्सपेक्टरमा ९१ र असइमा ३१४ जनशक्ति माग भएको हो। जवानमा ७६७ जना जनशक्ति माग भएको छ।

यस्तै सशस्त्र प्रहरीमा २३ सय जवानका लागि दरखास्त माग भएको छ। भने, सूचीकार, कूचीकार तथा केश कर्तक गरी दुई सय परिचर पनि सशस्त्र प्रहरीले माग गरेको छ।

पढ्नुस् : सशस्त्र प्रहरीले माग्यो २३ सय जवानमा नयाँ भर्ना, ८ पास गरेकाले आवेदन दिन सक्ने

यस्तै पुनर्निर्माण प्राधिकरणले ३१४ इन्जिनियरसहित, सहायक र असिस्टेन्ट इन्जिनियर गरी  एक हजार १०१ जनशक्ति माग गरेको हो।

पढ्नुस् : इन्जिनियरलाई जागिरको अवसर, पुनर्निर्माण प्राधिकरणले माग्यो  ११ सय जनशक्ति 

प्राधिकरणले माग गरेका जनशक्ति भने करार सेवाका हुन्।

हेर्नुस् क्रमश नेपाल प्रहरी, सशस्त्र प्रहरी र पुनर्निर्माण प्राधिकरणको पदपूर्ति सम्वन्धी विज्ञापन:



ट्रेन्डिङ पोस्ट

Ncell