PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

मोरङको पथरी शनिश्चरेमा बस दुर्घटना, एक बालिकाको मृत्यु



रासस

मोरङको पथरी शनिश्चरेमा बस दुर्घटना, एक बालिकाको मृत्यु

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे–१० मा आज बिहान बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। 

बिहान ८ बजे पूर्वबाट पश्चिम गइरहेको मे ३ प ६७५५ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नम्बरको बस पथरीशनिश्चरे–१० जिरीखिम्तीको डाँस खोलामा पल्टिँदा उर्लाबारी–१ बस्ने नरेन्द्र श्रेष्ठकी पाँच वर्षीया छोरी नदीना श्रेष्ठको मृत्यु भएको हो। 

दुर्घटनामा तीनजना यात्रु गम्भीर घाइते भएका छन्। उनीहरुको न्यूरो अस्पताल विराटनगरमा र सामान्य घाइते सातजनाको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell