PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

भदौ ८ मा चार फिल्मको रिलिज तय, होला त स्वस्थ प्रतिस्पर्धा?



पहिलोपोस्ट

भदौ ८ मा चार फिल्मको रिलिज तय, होला त स्वस्थ प्रतिस्पर्धा?

काठमाडौं: फिल्म ‘स्काउट’ ले पनि प्रदर्शनको मिति तय गरेको छ। फिल्म तिजको अवसर पारेर भादौ ८ गतेदेखि सार्वजनिक हुने भएको हो। ‘स्काउट’को कथालाई मुख्य विषय बनाएको फिल्म विभिन्न देशको विशेष शो पछि नेपाल प्रदर्शन हुन लागेको हो।

भदौ ८ लाई आकस्मिक रिलिज टार्गेट गरेको फिल्मको अन्य तीन फिल्मसँग पर्दा लडाई हुनेछर किनकी त्यस दिन एउटै विषयमा फरक कथा बोकेको दुई फिल्म प्रदर्शनमा आउँदैछन्। एउटा हो काश आङदेम्बेले निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ र अर्को विजय लिम्बु केरुङ निर्देशित फिल्म ‘हामी शरणार्थी’। त्यसै दिन जयकिशन बस्नेतको लेखन, निर्माण र निर्देशन एवं अभिनय रहेकफ 'धुम २' पनि सार्वजनिक हुँदैछ। एक साथ चार फिल्म पर्दामा आउनुले दर्शक फ्लोमा कस्तो असर गर्ला त?

यी चार फिल्म मध्य 'देश खोज्दै जाँदा'ले मात्र मल्टिप्लेक्समा शो पाउने निश्चित छ। त्यसैले सिंगल स्क्रिनमा भने तीन फिल्मको स्वस्थ प्रतिस्पर्धा हुने देखिन्छ।

प्रचार प्रसार बिना सार्वजनिक हुन लागेको फिल्म स्काउटमा गरिमा पन्त, नवराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय रहेको छ। मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीले निर्माण गरेको फिल्मलाई गोविन्द गौतमले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell