PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

चीनको सहयोगमा नौतले दरबार पुनः निर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्री वाङले गरे शुभारम्भ



रासस

चीनको सहयोगमा नौतले दरबार पुनः निर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्री वाङले गरे शुभारम्भ

काठमाडौँ :  विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण सुरु भएको छ। 

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो। 

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा मंगलबार आयोजित कार्यक्रममा संयुक्तरुपमा पुनःनिर्माण शुभारम्भ गरे। 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले भूकम्पले क्षतिग्रस्त बनेको नौतले दरबार र नुवाकोटको साततले दरबार चिनियाँ सरकारले पुनःनिर्माण गर्न लागेको जानकारी दिए। 

चीनका वाणिज्य उपमन्त्री तथा अन्तरराष्ट्रिय व्यापार उपप्रतिनिधिले नेपालको ऐतिहासिक सम्पदा पुनःनिर्माणको अवसर पाएकामा खुसी व्यक्त गरे। 

चीनले पाँच वर्षमा करिब १५ करोड रुपैयाँको लागतमा नौतले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। 

उनले भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको आगम्छे घर र पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिर जापान सरकारको सहयोगमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको बताए। दुवै सम्पदा पुनःनिर्माणमा ३३ करोड रुपैयाँ लाग्ने विभागले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell