PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

अस्थायी शिक्षकले परीक्षामा भाग नलिने, परीक्षा केन्द्रमा तालाबन्दी गर्ने चेतावनी



रासस

काठमाडौँ : अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ। 

समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको जानकारी दिए।

गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति तोक्न माग गरी समिति आन्दोलित छ। समितिकातर्फबाट साउन १८ गतेदेखि भद्रकालीमा अनशनरत दुई शिक्षकको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ। सहमतिमा परीक्षामा सबै अस्थायीले भाग लिन पाउने र असफल भएमा उचित क्षतिपूर्ति दिने उल्लेख छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell