PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गेम अफ थ्रोन्स लिक गर्नेहरु मुम्बईबाट पक्राउ



पहिलोपोस्ट

गेम अफ थ्रोन्स लिक गर्नेहरु मुम्बईबाट पक्राउ

मुम्बई पुलिसले इङ्लिस टिभी सिरिज गेम अफ थ्रोन्सको एक एपिसोड लिक गरेको आरोपमा चार व्यक्तिलाई पक्राउ गरेको छ। चारै युवा मोबाइलका लागि गेम अफ थ्रोन्स तयार गर्ने कम्पनीमा कार्यरत हुन्।

हालका लागि पक्राउ परेकाहरु हिरासतमा छन्। र सबैलाई कम्पनीको नियमको आपराधिक उल्ङ्घन र डाटा सुरक्षा सम्बन्धी आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ। एचबिओबाट प्रशारण हुने सिरिज गेम अफ थ्रोन्सको यो सातौं सिजन हो।

घटना गेम अफ थ्रोन्सको मामलामा नयाँ भने होइन। सिरिजको चौथो एपिसोड पनि प्रशारण हुनुअघि अनलाइन लिक भएको थियो। यो ह्याकरहरुले कम्पनीकै नेटवर्कलाई माध्यम बनाएर सिरिज लिक गर्ने जनाइएको छ। ह्याकरहरुले कम्पनीलाई एक नोटमार्फत फिरौती रकम समेत मागेका थिए। मागे जति फिरौती रकम पाएको हकमा सिरिजको डाटा अनलाइन पोस्ट नगर्ने उनीहरुको धम्कि थियो।

ह्याकरहरुले पाँचौ एपिसोडको कहानी, कम्पनीको कागज र एचबिओको अन्य शोहरुको भिडियो पनि अनलाइन पोस्ट गरिदिए। तीनैले जानकारी दिए अनुसार उनीहरुसँग कुल १.५ ट्रेटाबाइट डाटा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell