PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

नेपाली क्रिकेट अम्पायरद्वय बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसिया प्रस्थान



पहिलोपोस्ट

नेपाली क्रिकेट अम्पायरद्वय बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसिया प्रस्थान

काठमाडौं : नेपालका दुई क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी साउथ इस्ट एसियन (एसइए) खेलकुदमा क्रिकेट अम्पायरको भूमिका निर्वाह गर्न आज मलेसिया प्रस्थान  गरेका छन्।

मलेसियामा यसै साता देखि २९ एसइए गेम सुरु हुँदैछ र त्यसमा ५० ओभरको पुरुष क्रिकेट तथा २० ओभरको महिला र पुरुष गरी तीन वटा क्रिकेट प्रतियोगिता हुनेछ।
 

यही अगस्ट १७ (बिहिबार) देखि सुरु हुने एसइए गेममा क्रिकेट तर्फका खेलहरु सेलेङ्गारस्थित किनरारा ओभलमा हुनेछ।

एसइए गेममा पहिलो पटक क्रिकेट समावेश गरिएको हो र नेपाली क्रिकेट अम्पायरले खेलाउन लागेको पनि पहिलो पटक हो। प्रधान र सुवेदी दुवै आइसिसीका डेभलपमेन्ट प्यानलका अम्पायर हुन्।

एसइए गेममा कूल ११ देशले सहभागिता जनाउनेछ भने कूल ३८ खेलमा प्रतिस्पर्धा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell