PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

पार्टीको भावी रणनीति तय गर्न राप्रपाले बोलायो भदौ १ गते हेटौंडामा केन्द्रीय समिति बैठक



रासस

पार्टीको भावी रणनीति तय गर्न राप्रपाले बोलायो भदौ १ गते हेटौंडामा केन्द्रीय समिति बैठक

काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आगामी भदौ १ गते बोलाएको छ। 

पार्टी विभाजन तथा सरकारलाई दिएको समर्थन फिर्तापछि भावी राजनीतिक कार्यक्रमका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले बैठक यस पटक हेटौँडामा बस्न लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। 

साउन ४ देखि ७ गतेसम्म काठमाडौँमा भएको केन्द्रीय समितिको बैठक पार्टी विभाजनपछि आकस्मिक रुपमा बोलाइएको हो। पार्टीका रिक्त पदाधिकारी पदमा मनोनयनका विषयमा छलफल गरी उपयुक्त नेतालाई जिम्मेवारी पनि दिइने सम्भावना छ। 

वैचारिक रुपमा निकट रहेका विभिन्न राष्ट्रवादी शक्तिसँगको एकता तथा प्रादेशिक र केन्द्रीय चुनावमा पार्टीले सफलता प्राप्त गर्न खेल्नुपर्ने भूमिकाबारे बैठकमा योजना बनाइने छ।

प्राकृतिक विपद्मा मानवीय सहयोग तथा उद्वारका लागि पार्टीको भूमिकाको सम्भावना, देशमा विकास भएको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, तेस्रो चरणको स्थानीय निर्वाचनको मूल्यांकनसमेत बैठकमा गरिने छ। 

पार्टीमा कुल १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा साउन २२ गते पशुपतिशम्शेर राणा समूहले दलको ४० प्रतिशतभन्दा बढी नेतासहितको हस्ताक्षर लिएर निर्वाचन आयोगमा दल दर्ता गराएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell