
महोत्तरी : गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएकाले जिल्लाका सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले बुधबारसम्मका लागि जिल्लाका सवै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालय निरीक्षक अरुणशङ्कर पाठकले जानकारी दिए। रासस