PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

बबई नदीमा दुईजनाको शव फेला



रासस

बबई नदीमा दुईजनाको शव फेला

दाङ : दाङको तुलसीपुर–१३ शीतलपुर नजिक बबई नदीमा एक जनाको शव फेला परेको छ। 

आज बिहान स्थानीयले नदी किनारामा अन्दाजी ३५ वर्षको जस्तो देखिने युवाको शव फेला पारेको प्रहरीले जनाएको छ। 

त्यस्तै, दंगीशरण गाउँपालिका–६ स्थित बबई नदी किनारामा पनि एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। 

दुवै शवको पहिचान खुल्न सकेको छैन। बबई नदीले बगाएर त्यहाँ शव ल्याएको हुनसक्ने प्रहरीले बताएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell