.jpg)
काठमाडौं : चीनका राज्य परिषद्का उप प्रधानमन्त्री वाङ याङ नेपाल आएका बेला तीनवटा आर्थिक सम्झौता भएका छन्।
ती आर्थिक सम्झौंतामा नेपालका तर्फबाट अर्थ सचिव डा.शान्तराज सुवेदी र चीनका अर्थ सचिवले हस्ताक्षर गरे। अर्थ सचिव सुवेदीका अनुसार पहिलो नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहायता सम्झौता एवम् अरनिको राजमार्ग मर्मत सम्झौता भएको छ। यो परियोजना अन्तर्गत पनि दुर्इवटा विषय समेटिएका छन्।
रसुवागढी नाकाका पुलहरु पुनर्निर्माण गर्ने र अरनिको राजमार्ग मर्मत गर्ने विषय समेटिएको उनले बताए। सुवेदीका अनुसार यो परियोजनाका लागि चीनले करिब १५ अर्ब २४ करोड रुपैयाँ सहयोग गरेको छ। भूकम्प र बाढीले भत्किएको अरनिको राजमार्ग मर्मत हुनेछ। अरनिको राजमार्गलार्इ समेत चीनले प्राथमिकतामा राखेको छ। भूकम्पयता तातोपानी नाका बन्द छ।
तातोपानी नाका खोल्न चीनलार्इ पटक/पटक आग्रह गर्दै आएको छ। तर, चीनले अरनिको राजमार्ग निर्माण गरेपछि मात्रै नाका खोल्ने बताउँदै आएको छ। सुवेदीका अनुसार पेट्रोलियम पदार्थ र ग्यासको सम्भाब्यता अध्ययनका लागि चीनले २ अर्ब १० करोड रुपैयाँ सहयोग सम्बन्धि सम्झौतमा हस्ताक्षर भएको छ।
तात्कालीन प्रधानमन्त्री केपी ओली चीन गएको बेलामा अन्वेषणको जिम्मा चीनलार्इ दिने सम्झौतामा हस्ताक्षर भएको थियो। उनले हिमालय र तरार्इ क्षेत्रमा पेट्रोलियम अन्वेषणका लागि चीनले दुर्इ अर्ब १० करोड रुपैयाँ सहयोग गरेको जानकारी दिए। नेपाल र चीनबीच द्वीपक्षीय लगानी तथा आर्थिक सहायता प्रवर्द्धन सम्बन्धी आधारभूत सम्झौतामा पनि हस्ताक्षर भएको छ।
उनले चिनियाँ लगानी भित्र्याउन यो सम्झौता सहयोगी हुने बताए। यो सम्झौतामा लगानीका सम्भाब्यता क्षेत्रहरुमा यातायात तथा संचार, उर्जा, निर्माण, खानी, शहरी विकास, कृषि तथा खाद्य प्रशोधन, वन तथा काष्ठ प्रशोधन, पर्यटन तथा त्यससम्बन्धी उद्योग, उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी ल्याउने उल्लेख छ।