PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

बाढीका कारण ठाउँ नपाएर महोत्तरीमा चौधरी परिवारले गर्‍यो बाबुको आँगनमै दाहसंस्कार



रासस

बाढीका कारण ठाउँ नपाएर महोत्तरीमा चौधरी परिवारले गर्‍यो बाबुको आँगनमै दाहसंस्कार

गौशाला : महोत्तरीको जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ। 

जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन्। 

गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए। 

बाढीका कारण घरबाटसमेत निस्कने अवस्था नरहेको र गाउँको कुनै पनि ठाउँ वा वनसमेत सुख्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए। 

बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell