काठमाडौंः बाढी पहिरोमा खोज तथा उद्दार र राहतका लागि कुल जनशक्ति २६ हजार ७ सय प्रत्यक्ष फिल्डमा खटिएका छन्।
खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर ७ वटा, निजी क्षेत्रका हेलिकप्टर ६ वटा, मोटर बोट, र्याफ्टीङ बोट, डोरी, ट्युवलगायतका साधनहरु प्रयोग गरिएको छ।
कैलाली भजनीका ४० घरपरिवारलाई नजिकैको सुरक्षित क्षेत्रमा राखिएको। धनुषामा ६०० प्रभावित घरपरिवारलाई धर्मशाला तथा विद्यालयमा राखिएको छ।
बाँकेमा जम्मा २७२ घरपरिवारका १८८० जनालाई नजिकका विद्यालय भवन, गाविस भवनलगायत विभिन्न २२ वटा सेल्टरमा राखिएको छ।
अन्य जिल्लामा पनि विभिन्न सेल्टरहरुमा राखिएको ।
कहाँ कति राहत बाँडियो ?
व्यक्तिका लागि ३,९५० किलो खाद्यान्न ड्राइफुड सेट हेलिकप्टरबाट लगेर वितरण गरिएको छ।
चितवनवाट ५,००० किलो, मकवानपुरवाट १६८० किलो गरी जम्मा ६,६८० किलो खाद्यान्न र वीरगञ्जबाट एक हजार किलो खाद्यान्न रौतहटको लागि पठाउने क्रममा रहेको छ। प्रभावित परिवारका लागि ५० देखि ६० जनासम्म अट्ने ठूलो साइजका १९ थान त्रिपाल सर्लाहीमा हेलिकप्टरबाट पठाइएको छ।
हेटौंडाबाट थप १६०० त्रिपाल रौतहटलगायतका जिल्लामा पठाउने क्रममा रहेको छ।
मोरङबाट ४ वटा ठूला ट्रकमा सप्तरी जिल्लाका लागि ५,००० किलो खाद्यान्न पठाइसकिएको र वितरण गर्ने क्रममा रहेको छ।
मोरङवाट थप १० ट्रक र वीरगञ्जबाट थप १५ ट्रक खाद्यान्न बाढी प्रभावित सप्तरी, सर्लाही, सुनसरी र रौतहटमा पठाउने क्रममा रहेको छ ।