PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

मालीस्थित राष्ट्र संघीय मिसनहरुमा भएको आक्रमणको सुरक्षा परिषदद्वारा निन्दा



रासस

मालीस्थित राष्ट्र संघीय मिसनहरुमा भएको आक्रमणको सुरक्षा परिषदद्वारा निन्दा
फोटो श्रोतः bbc.com

संयुक्त राष्ट्र संघ :  मालीमा रहेको संयुक्त राष्ट्र संघीय मिसनमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सदस्यहरुले कडा शब्दमा निन्दा गरेका छन्। 

आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको थियो। सुरक्षा परिषद्का सदस्यले माली सरकारलाई यस आक्रमणको तत्काल अनुसन्धान सुरु गर्न र अपराधीलाई सजाय दिलाउनुपर्ने उल्लेख गर्दै विज्ञप्ति प्रकाशित गरेका छन्। 

मालीमा अन्तरराष्ट्रिय कानूनको विपरित बारम्बार शान्ति सेनालक्षित आक्रमण हुँदै आएको पाइन्छ। सोमबार मालीको डोउएन्जा र टिम्बुक्टुमा रहेको संयुक्त राष्ट्र संघीय मिसन मिनुस्मा भएका आक्रमणमा मालीलगायत अन्य देशका संयुक्त राष्ट्र संघका शान्ति सेनाहरु मारिएका थिए। 

बारम्बार हुने गरेको आतङ्ककारी आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा नै समस्या आएको सुरक्षा परिषद्का सदस्यहरुले चेतावनीसमेत दिएका छन्। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell