PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ग्यासट्राइटिस भएपछि कांग्रेस नेता निधि अस्पताल भर्ना



पहिलोपोस्ट

ग्यासट्राइटिस भएपछि कांग्रेस नेता निधि अस्पताल भर्ना

काठमाडौंः सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन्। 

नेता निधिलाई हिजो राति राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो। उनको उपचारमा डाक्टर राहुल पाठक संलग्न छन्।

अचानक पेट  दुखेर अस्पताल पुर्याइएका निधिलाई ग्यासट्राइटिस शिभियरको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने चिकित्सकले जानकारी दिएका छन्। निधि आज बिहान बाढी प्रभाबित तराईका जिल्ला जाने कार्यक्रम थियो । 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell