PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

राष्ट्रपतिको विराटनगर भ्रमण स्थगित



पहिलोपोस्ट

राष्ट्रपतिको विराटनगर भ्रमण स्थगित

काठमाडौंः राष्ट्रपति विद्या भण्डारी विराटनगर जाने कार्यक्रम स्थगित भएको छ। राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोको कारण जनधनको ठूलो क्षति भएकाले संवेदनशीलतालाई ध्यानमा राखी विराटनगर जाने कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।

राष्ट्रपति भण्डारी आज महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको अवलोकन, कोशी अञ्चल अस्पतालको अवलोकन, श्रीराधाकृष्ण रथयात्रा स्वर्ण महोत्सव समारोह सरिक हुने कार्यक्रम यसअघि तय भएको थियो ।

त्यस्तै, भदौ १६ गतेका लािग तय गरिएको हरितालिका तीज, गौरा तथा जितिया पर्वको उपलक्ष्यमा आयोजना हुने साँस्कृतिक कार्यक्रममासमेत सरिक नहुने राष्ट्रपति कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell