PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

आगलागीबाट १३ लाख बराबरको क्षति



रासस

आगलागीबाट १३ लाख बराबरको क्षति

बनेपा : काभ्रेको बनेपा–८ स्थित करुणामार्गमा रहेको एउटा होटेलमा आज ग्यास चुहिएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। 

घरधनी जुजुभाइ पोटेको घरमा रहेको इन्द्रेणी खाजा घरमा लागेको आगो घरसँग जोडिएको सम्झना कनेक्सन र न्यू फेन्सी टेलरमासमेत लागेपछि दुवै पसलमा रहेका लुगाहरु जलेर करिब चार लाख ५० हजारको धनमाल क्षति भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। 

त्यस्तै, पोटेको घरका विभिन्न सामान र कुमार श्रेष्ठको इन्द्रेणी खाजा घरको खाद्यवस्तु जलेर आठ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी नायब निरीक्षक भक्तराज श्रेष्ठले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell