PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

खेल विकासको लागि कर्पोरेट हाउससँग सहकार्य : मन्त्री केसी



पहिलोपोस्ट

खेल विकासको लागि कर्पोरेट हाउससँग सहकार्य : मन्त्री केसी

काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन)ले खेलकुद विकासका लागि कर्पोरेट हाउससँग सहकार्य गर्नुपर्ने बताएका छन्।

नेपाल बक्सिङ संघले मंगलबार नवनियुक्त खेलकुद मन्त्री केसीलाई बधाई तथा शुभकामना दिने क्रममा मन्त्री केसीले आफ्नो कार्यकालमा कर्पोरेट हाउससँग सहकार्य गरी विभिन्न खेललाई अगाडि बढाउन लागेको जानकारी दिए।

‘हरेक खेलको विकास लागि कर्पोरेट हाउससँग सहकार्य गर्ने योजना अगाडि बढाएको छु । यस्तै खेलाडीको प्रतिभालाई जोगाइ राख्न जीवनयापनलगायतका विषयलाई पनि ध्यान दिएको छु’ मन्त्री केसीले भने ।

पुल्चोकस्थित मन्त्री निवासमै पुगेर बक्सिङ संघका पदाधिकारीले केसीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरेका हुन्।

संघका अध्यक्ष अवालले मन्त्री केसीको कार्यकालमा खेल क्षेत्रको विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। उनले संघले वैदेशिक प्रशिक्षक भित्र्याएर नेपाली बक्सिङको स्तर विकास लागि काम गरिरहेको बताउँदै नेपाली बक्सिङलाई स्वर्णिम काल बनाउने प्रतिवद्धता जनाए।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, संघका उपाध्यक्ष किरण श्रेष्ठलगायतका संघका पदाधिकारी खेलाडिहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell