PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

साफ यू-१५ च्याम्पियनसिप शुक्रबारदेखि : ५ टिम भोली आउने, नेपालबाट दुई म्याच अफिसियल



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप शुक्रबारदेखि : ५ टिम भोली आउने, नेपालबाट दुई म्याच अफिसियल

काठमाडौं : साफ यू-१५ च्याम्पियनसिप यही अगस्ट १८ देखि २७ सम्म नेपालमा हुँदैछ। यही शुक्रबारबाट हुने प्रतियोगिताका लागि ५ दक्षिण एसियाली यू-१५ टिम भोली काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ।

गत वर्ष पहिलो संस्करण यू-१६ को भएपछि एएफसीको यू-१६ प्रतियोगिताको लागि साफले यसपटकबाट यू-१५ प्रतियोगिता गर्न लागको हो।

आयोजक नेपालसँगै भारत र माल्दिभ्स समूह बी मा छ भने बंगलादेश, भुटान र श्रीलंका समूह ए मा छ।

दुबै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछ। आन्तरिक कारण पाकिस्तानले भने प्रतियोगितामा सहभागिता जनाउने छैन।

एन्फाका अनुसार भारत, भुटान र बंगलादेशको टिम टमेलस्थित मनाङ होटलमा बस्नेछ भने नेपालसँगै माल्दिभ्स र श्रीलंकन टिम होटल भृकुटीमा बस्नेछ।

होटल, लोकल ट्रान्सपोर्ट, म्याच अफिसियलको खर्च साफले बेहोर्नेछ भने प्रतियोगिता र हस्पिटालिटी लगायत व्यवस्थापन कार्य एन्फाले गर्नेछ।

 

दुई नेपाली म्याच अफिसियल

प्रतियोगिताको लागि सबै म्याच अफिसियल काठमाडौं आइसकेको एन्फाले जनाएको छ। कूल ८ म्याच अफिसियलमध्ये दुई जना नेपालका छन्। नेपालबाट कविन ब्यान्जनकार नानी राम थापाले म्याच अफिसियट गर्नेछन्।

 

१६ सय टिकट

एन्फाले गत आइतबारदेखि नै प्रतियोगिताको लागि टिकट किन्ने व्यवस्था सुरु गरिसकेको छ। दर्शकले इसेवामार्फत टिकट किन्न सक्नेछन्। एन्फाले कूल १६ सय टिकट बेच्ने तयारी गरेको छ। जसमा साधारण प्याराफिततर्फ १३ सय र भिआइपी प्यारापिटतर्फ ३ सय रहेको छ। टिकटका लागि साधारतर्फ २ सय र भिआइपीतर्फ ५ सय मूल्य तोकिएको छ।

 

८ खेल एन्फा कम्प्लेक्समा २ खेल हलचोकमा

साफ यू-१५ च्याम्पियनसिपमा कूल १० खेल हुनेछ। जसमध्ये समूह चरणका सबै ६ खेल एन्फा कम्प्लेक्स सातदोबाटोमै हुनेछ। यस्तै पहिलो सेमिफाइनल र फाइनल खेल पनि एन्फामै हुनेछ। दोस्रो सेमिफाइनल र तेस्रो स्थानको खेल भने हलचोक स्थित एपीएफको मैदानमा हुनेछ।

 

यस्तै च्याम्पियनसिपका सबै खेलहरु एपी वान टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell