PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

२३ औँ दिनमा अनसन स्थगित गरेलगत्तै डा. केसीलाई लगियो आइसियुमा

२३ औँ दिनमा अनसन स्थगित गरेलगत्तै डा. केसीलाई लगियो आइसियुमा

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौँ : डा. गोविन्द केसीले २३ दिनदेखि जारी आमरण अनसन आजदेखि स्थगित गरेका छन्। वार्ता सफल भएर अनसन तोडेको नभई स्थगित मात्र गरिएका कारण  उनले जुस पिएनन्। उनलाई अनसन तोडे लगत्तै आइसियु लगिएको थियो।

देशभर आइलागेको बाढीजन्य प्राकृतिक विपत्ति र बाढी कम भएपछि समेत आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्ने चुनौति भएको संकटका बेला पीडामा परेका मानिसहरुलाई सहयोग गर्नु सबैको जिम्मेवारी हुने उल्लेख गर्दै डा. केसीले विपत्तिमा सबै पक्षको ध्यान केन्द्रित हुन बाधा नपुगोस् भनेर सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। 

बाढीपीडितको जनजीवन सामान्य भएपछि आफ्नो संघर्षलाई निरन्तरता दिन प्रतिवद्ध छु, उनले विज्ञप्तिमा भनेका छन्, देशमा सुशासन कायम गर्ने प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि माफिया प्रवृत्तिविरुद्धको हाम्रो संघर्ष जारी छ। 

उनले सत्याग्रहको कार्यक्रम हाललाई स्थगन गरे पनि चिकित्सा शिक्षा ऐनका लागि लडाइँ निरन्तर जारी रहने र कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल सत्याग्रह पुनः सुरु गर्ने उनले विज्ञप्तिमा बताएका छन्। 


ट्रेन्डिङ पोस्ट

Ncell