PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

बाढीका कारण अवरुद्ध मोरङ र सुनसरीको विद्युत् सेवा सुचारु



पहिलोपोस्ट

बाढीका कारण अवरुद्ध मोरङ र सुनसरीको विद्युत् सेवा सुचारु

विराटनगर: मोरङ र सुनसरीमा विगत पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवा गएरातिदेखि पुनःसञ्चालन भएको छ।

गत शुक्रबार राति अविरल वर्षा र बाढीको पानी सुनसरीस्थित विद्युत् सव–स्टेशनको परिसर र उपकरण कक्षमा पसेपछि सेवा अवरुद्ध भएको थियो।

गत आइतबारदेखि छवटा पम्पिङसेटको मद्दतले सो सव–स्टेशनमा जमेको पानी बाहिर फालेर र मेशिनको जाँच गरेर यी दुई जिल्लाको विद्युत्

पुनःसञ्चालन गरिएको हो। गएरातिदेखि विद्युत् सुचार भए पनि बिहान ३ बजेदेखि कतिपय ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् सेवा पुनःसञ्चालन भएपछि सर्वसाधारणले राहतको अनुभूति गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell