PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

मोटरसाइकल दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु

उर्लाबारी: मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलाबारी–९ का ३२ वर्षीय समिर कार्की रहेका छन्। बेलबारी–९ स्थित भित्री सडकखण्डमा को २० प ३८३० नं को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठक्कर खान पुग्दा चालक कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell