
जियानलुजी बफोन, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो युइएफए प्लेअर अफ दी इअरको अन्तिम चरणका लागि छानिएका छन्।
युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको जुरीले इटलीका बफोन, अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोलाई छनोट गरेको हो। दश खेलाडीको सूचीबाट ३ खेलाडीको नाम छनोट गरिएको हो।
मेसी र रोनाल्डोले अहलेसम्म यो अवार्ड समान दुई पटक जितेका छन्। गत वर्ष रोनाल्डोले यस अवार्ड जितेका थिए। रोनाल्डोले पिहलो पटक २०१४ मा यस अवार्ड जितेका थिए।
मेसीले २०११ र २०१५ मा अवार्ड जितेका थिए। २०१२ मा आन्द्रेज इनेस्टा र १३ र फ्रान्क रिवेरीले अवार्ड जितेका थिए।
अवार्डको लागि अन्तिम ३ मा पर्ने बफोन दोस्रो गोलरक्षक हुन्। यसअघि २०१४ मा जर्मनीका मानुएल नोए पनि अन्तिम ३ मा परेका थिए।
युरवपियन च्याम्पियन्स लिग २०१७/१८ को लागि यही अगस्ट २४ मा मोनाकोमा हुने ड्र का अवसरमा युइएफए अवार्ड प्रदान गरिनेछ।
यस्तै महिलातर्फ डेनमार्ककी पनिल हार्डर, जर्मनीकी डिजेनिफर मारोसन र नतेदरल्याण्ड्सका लिएके मार्टिन्स अन्तिम सूचीमा परेका छन्।
पुरुषतर्फको अवार्डका लागि टप टेनमा परेका अन्य खेलाडी
४ लुका मोडरिच (क्रोएसिया, रियल मड्रिड)
५ टोनी क्रसु (जर्मनी, रियल मड्रिड)
६ पाउलो डिबला (अर्जेन्टिना, युभेन्ट्स)
७ सर्गियो रामोस (स्पेन, रियल मड्रिड)
८ केएलिन एम्बापे (फ्रान्स, मोनाको)
९ रोबर्ट लेवान्डास्की (पोल्याण्ड, वायर्न म्युनिख)
१० ज्लाटन इब्राहिमोभिच (स्वीडेन, म्यानचेष्टर युनाइटेड)