PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

युइएफए प्लेअर अफ दी इअरका लागि तीन खेलाडीको नाम सार्वजनिक, को को परे?



पहिलोपोस्ट

युइएफए प्लेअर अफ दी इअरका लागि तीन खेलाडीको नाम सार्वजनिक, को को परे?

जियानलुजी बफोन, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो युइएफए प्लेअर अफ दी इअरको अन्तिम चरणका लागि छानिएका छन्।

युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको जुरीले इटलीका बफोन, अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोलाई छनोट गरेको हो। दश खेलाडीको सूचीबाट ३ खेलाडीको नाम छनोट गरिएको हो।

मेसी र रोनाल्डोले अहलेसम्म यो अवार्ड समान दुई पटक जितेका छन्। गत वर्ष रोनाल्डोले यस अवार्ड जितेका थिए। रोनाल्डोले पिहलो पटक २०१४ मा यस अवार्ड जितेका थिए।

मेसीले २०११ र २०१५ मा अवार्ड जितेका थिए। २०१२ मा आन्द्रेज इनेस्टा र १३ र फ्रान्क रिवेरीले अवार्ड जितेका थिए।

अवार्डको लागि अन्तिम ३ मा पर्ने बफोन दोस्रो गोलरक्षक हुन्। यसअघि २०१४ मा जर्मनीका मानुएल नोए पनि अन्तिम ३ मा परेका थिए।

युरवपियन च्याम्पियन्स लिग २०१७/१८ को लागि यही अगस्ट २४ मा मोनाकोमा हुने ड्र का अवसरमा युइएफए अवार्ड प्रदान गरिनेछ।

यस्तै महिलातर्फ डेनमार्ककी पनिल हार्डर, जर्मनीकी डिजेनिफर मारोसन र नतेदरल्याण्ड्सका लिएके मार्टिन्स अन्तिम सूचीमा परेका छन्।

 

पुरुषतर्फको अवार्डका लागि टप टेनमा परेका अन्य खेलाडी

४ लुका मोडरिच (क्रोएसिया, रियल मड्रिड)

५ टोनी क्रसु (जर्मनी, रियल मड्रिड)

६ पाउलो डिबला (अर्जेन्टिना, युभेन्ट्स)

७ सर्गियो रामोस (स्पेन, रियल मड्रिड)

८ केएलिन एम्बापे (फ्रान्स, मोनाको)

९ रोबर्ट लेवान्डास्की (पोल्याण्ड, वायर्न म्युनिख)

१० ज्लाटन इब्राहिमोभिच (स्वीडेन, म्यानचेष्टर युनाइटेड)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell