PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

अर्नोल्डको डेब्यु गोल, लिभरपुल च्याम्पियन्स लिग नजिक



पहिलोपोस्ट

अर्नोल्डको डेब्यु गोल, लिभरपुल च्याम्पियन्स लिग नजिक

युरोपियन च्याम्पियन्स लिग प्लेअफको पहिलो लेग खेलमा इंगलिस क्लब लिभरपुरलले जर्मनीको होफेनहेइमलाई २-१ ले पराजित गरेको छ। अवे मैदानमा पहिलो लेग जितेपछि लिभरपुललाई घरेलु मैदान खेल्नुअघि एक गोलको फाइदा छ।

लिभरपुललाई जित दिलाउन टिनएजर ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले एक गोल गरे भने होफेनहेइमका हाभार्ड नोर्भेइडले एक आत्मघाती गोल उपहार दिए। १८ वर्षिय डिफेण्डर अरनोल्डले फ्रिकिमार्फत शानदार गोल गरे। लिभरपुलको लागि उनको यो पहिलो गोल हो।

होफेइनहेइमका लागि मार्क उथले एक गोल फर्काएपनि त्यो खेल जित्न पर्याप्त रहेन।

प्लेअफ अन्तर्गतकै अन्य खेलमा डेनमार्को एफसी कोभनहेगन अजरवैजानको क्वाराबाक एफकेसँग १-० ले पराजित भएको छ।

यस्तै साइप्रसको एपोल निकोसियाले चेक रिपव्लिकको स्लाभिया प्रागलाई २-० ले हराएको छ भने रसियाको सिएकेए मस्कोले स्वीट्जरल्याण्ड्को योङ ब्वाइजलाई १-० ले पराजित गरेको छ।

पोर्चुगलको स्पोर्टिङ सिएफ र स्टेउ बोकारेस्टीले गोलरहित बराबरी खेलेका छन्।

प्लेअफ अन्तर्गत आज पनि पहिलो लेगको पाँच खेल हुँदैछ। दोस्रो लेगको खेल अगस्ट २२र २३ मा हुनेछ।

प्लेअफबाट कूल १० टोली २०१७/१८ को च्याम्पियन्स लिगको लागि छानिनेछ। अहिलेसम्म विभिन्न देशको लिगमा गरेको प्रदर्शनका आधारमा २२ टोली छनोट भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell