PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म महोत्सवका लागि चयन



पहिलोपोस्ट

‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म महोत्सवका लागि चयन

काठमाडौं: फिल्म ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलका लागि छनौट भएको छ। अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा हुने फेस्टिभलमा नेपालका लागि प्रकाश आङदेम्बे निर्देशित उक्त फिल्म प्रतिनिधित्व गर्दैछ।

तीन दिने फिल्म फेस्टिवलमा देश खोज्दै जाँदा स्क्रिनिङ यही अगस्ट १९ शनिबार १० बजेदेखि हुने बताइएको छ। फेस्टिभलमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडालगायत मुलुकका फिल्महरु छनौट भएको आयोजकले जनाएको छ। स्क्रिनिङमा फिल्ममा आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुने फिल्म युनिटले जनाएको छ।

यसअघि ‘दादा साहेव फिल्म फेस्टिभल’मा टप सेभेन सम्म पुग्न सफल यस फिल्म दि कर्निस कलेज अफ दि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफ तास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दि अन्ने फ्रांक प्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दि अन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीता जनाइसकेको छ। फिल्म देश खोज्दै जाँदा यही भदौ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदै छ।

भुटानी शरणार्थीहरुको जीवन भोगाइलाई यथार्थपरक रुपमा उतारिएको फिल्म भुटानी शरणार्थीहरुको शिविर नजिकै दमकमा केही दिन अघि प्रिमियर समेत गरिएको छ। निकै चर्चा कमाउन थालेको यस फिल्ममा भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको छ। फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापालगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाङ्कन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ। त्यसैगरी श्रवण मुकारुङको गीत आभासको संगीत र स्वरुपराज आचार्यको गायन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell