PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

दुर्गा तिवारीका हत्या आरोपी मनोज पुनका सहयोगी पक्राउ



पहिलोपोस्ट

दुर्गा तिवारीका हत्या आरोपी मनोज पुनका सहयोगी पक्राउ

  • चन्द्रकान्त खनाल
बुटवलः  नेकपा  एमालेको भ्रातृ संस्था युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको आरोप लागेका मनोज पुनलाई बैंकमार्फत रकम पठाउने एक जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ।

मनोज पुनको सम्पर्कमा रही तीन वर्षदेखि विभिन्न बैंक तथा आइएमइमार्फत रकम पठाएको आरोपमा प्रहरीले पाल्पा तानसेनका २२ वर्षीय सुशान्त लाकोललाई पक्राउ गरेको हो।

रुपन्देहीका व्यापारीहरुलाई ज्यान मार्ने धम्की दिई ५ लाख फिरौती लिई मनोज पुन भन्ने मनोज बुढा मगरलाई लाकोलले पैसा पठाएको खुल्न आएको अनुसन्धानबाट खुलेको प्रहरीले दाबी गरेको छ ।

 अनुसन्धानको क्रममा लाकाेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। पहिलो पोस्टसंगको कुराकानीमा उनले भने ' केही समयदेखि बैकमार्फत पैसा पढाएको देखिएपछि पक्राउ गरेको हौ ।' पुन भने भारतमा लुक्दै आएका छन् । 

एमालेको भ्रातृ संस्था युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीलाई गत पुस ४ गते रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो। देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell