PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

पोर्चुगलमा रुखले किचेर ११ जनाको मृत्यु



रासस

पोर्चुगलमा रुखले किचेर ११ जनाको मृत्यु
फोटो श्रोतः dailymail.co.uk

पोर्चुगल :  पोर्चुगलको माइरा टापूमा धार्मिक महोत्सव मनाइरहेको ठाउँमा मङ्गलबार रूखले किचेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। 

करिब २०० वर्ष पूरानो भएको विश्वास गरिएको उक्त रूख एक्कासी कार्यक्रमस्थलमा ढल्दा ११ जनाको मृत्यु भएको र ३५ जनाभन्दा बढी घाइते भएका सरकारी टेलिभिजन च्यानल आरटिपीले जनाएको छ। 

टापूको दक्षिणी किनारमा अवस्थित एक चर्च नजिकै रहेको रूखमुनि धार्मिक पर्वका अवसरमा रमाइलो मनाइरहेका भक्तजन सबै पोर्चुगाली नागरिक नै रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell