PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि चीन र रसियाका बिदेशमन्त्री बीच कुराकानी



रासस

कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि चीन र रसियाका बिदेशमन्त्री बीच कुराकानी
फोटो श्रोतः russiafeed.com

चीन :  चिनियाँ विदेशमन्त्री वाङ यी तथा रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभबीच कोरियाली प्रायद्वीपको आणविक समस्याको शान्तिपूर्ण समाधानका लागि फोनवार्ता भएको छ। 

उत्तर कोरियाले विगत केही समयदेखि गरेका लगातारका आणविक हतियार तथा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र यसले उब्जाएको विश्व सुरक्षा चासोका बिषयमा दुई मुलुकबीच निकटमा रही सहकार्य हुँदै आएको छ। यसलाई समस्या समाधानको उच्च तहमा भएको कुटनैतिक एवम् शान्तिपूर्ण पहल भनिएको छ। 

वाङले कुराकानीका क्रममा स्थितिलाई नियन्त्रण बाहिर जान नदिन थप छलफल गर्नुपर्ने बताएका छन्। सो अवसरमा रसिया र चीनको ढोकामा तनाव सिर्जना गर्न कसैलाई अनुमति नभएको चिनियाँ विदेशमन्त्री वाङले बताएका थिए।

उनले अमेरिका र उत्तर कोरिया दुवैले एक आपसलाई चिढाउने अभिव्यक्ति एवम् अन्य गतिविधि रोक्नुपर्ने बताएका थिए। 

यसैगरी लाभरोभले कोरियाली द्वीपमा अमेरिका र कोरियाली सैन्य अभ्यासका कारण फेरी एकपटक तनाव चुलिएको धारणा राखेका थिए।

उत्तरको आणविक समस्या सैनिक उपायबाट समाधान गर्ने कुरा रसियालाई विल्कुलै अस्वीकार्य भएको र आफ्नो मुलुक समस्याको समाधान शान्तिपूर्ण वार्ता तथा राजनैतिक तथा कुटनैतिक उपायबाट निकाल्नुपर्ने, लाभरोभले बताएका जनाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell