PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

आज संविधान संशोधन प्रस्ताव पेश हुने, पास होला त?



रासस

आज संविधान संशोधन प्रस्ताव पेश हुने, पास होला त?

काठमाडौँ : लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ। 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

यसअघि उनले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ। 

नेपालको संविधान जारी भएसँगै राष्ट्रिय जनता पार्टीले संविधानको केही अन्तरवस्तुमाथि असहमति जनाउँदै भाषा, प्रदेशको सीमा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा सशोधन गर्नुपर्ने आन्दोलन गर्दै आएको छ। 

संविधान सशोधनको विषयलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आ–आफ्नै ढंगबाट व्याख्या र विश्लेषण गर्दै आएका छन्। 

सत्तापक्षले संविधानको स्वीकार्यतालाई बढाउन संविधान संशोधन आजको अनिवार्य सर्त रहेको जनाउँदै आएको छ भने प्रतिपक्षले यसलाई राष्ट्र र राष्ट्रियताको विषयसग जोडेर हेर्दैआएको छ। 

कम्तीमा पनि संशोधन प्रस्ताव पारित हुने सुनिश्चिता आवश्यक रहेको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले पनि पछिल्लो समय संशोधन प्रस्ताव निर्णयार्थ हुँदा आउने परिणामलाई स्वीकार गर्ने संकेत गरेको छ। 

संसदबाट सरकार र प्रतिपक्ष दललाईसमेत संशोधन प्रस्ताव अघि बढाउनलाई सहजता प्रदान गरेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell