काठमाडौं: अस्करका लागि नेपालबाट दुई फिल्मले सहभागिता जनाएका छन्। दिपक रौनियार निर्देशित 'ह्वाइट सन' र नविन अवाल निर्देशित 'बिजुली मेसिन'ले अस्करका लागि विदेशी भाषाको फिल्म विधामा सहभागिता जनाउने नेपाल अस्कर छनौट समितिले जनाएको छ।
समितिले दुई फिल्म हेरेर अस्करका लागि सिफारिस गर्ने भएको हो। सोसियो फोलिटिकल ड्रामा सेतो सूर्य र साइन्स फिक्सन फिल्म बिजुली मेसिनले फिल्म समिक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। सेतो सूर्यले व्यवसायिक रुपमा पनि राम्रो प्रस्तुत गरपनि बिजुली मसिलने बस्सअफिसमा राम्रो प्रदर्शन गरेको थिएन। छानिएका दुई फिल्म मध्य एक बिजेता घोषित हुनेछ र सोही फिल्मले विदेशी भाषाको अस्कर अवार्डका लागि पठाइने छ।
एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेसले अस्कर अवार्डका लागि नेपाली फिल्मलाई ६ अगस्टमा आवेदन खुला गरेको थियो। फिल्म चयन समितिमा निर्देशक लक्ष्मीनाथ शर्मा, राजेन्द्र सलभ, लोकेन्द्र पराजुली, प्रदिपकुमार उपाध्याय, राजुबिक्रम थापा र भरतकुमार शाक्य रहेका छन्।
९० औं अस्कर अवार्डको पहिलो चरण सन् २०१७ को ११ सेप्टेम्बरमा सुरु भएर सन् २०१८को ४ मार्चमा सम्पन्न हुनेछ। गभर्नस अवार्डदेखि मनोनय पोल खुला, मनोनयन पोल बन्द, मनोनयन सार्वजनिक, पब्लिक पोल, भोटिङ, रिजल्ट सार्वजनिक लगायत ९ चरण हुनेछन्। अन्तिम कार्यक्रम क्लारिफोनियाको डोल्बी हलमा हुनेछ। यो पटक कार्यक्रमलाई जिम्मी किम्मेलले प्रस्तुत गर्नेछन्।