PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

संविधान संशोधनका विषयमा शीर्ष नेताबीच आज छलफल, के होला संसदको जोड घटाउ?



आकाश क्षेत्री

संविधान संशोधनका विषयमा शीर्ष नेताबीच आज छलफल, के होला संसदको जोड घटाउ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्ने भएको छ। संविधान संशोधन लगाएतका विषयमा छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बस्ने भएको हो। 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार छलफलमा संविधान संशोधन लगायतका विषयमा तीन दलका शीर्ष नेता बीच छलफल गर्नका प्रधानमन्त्री देउवाले बोलाएका हुन्। उक्त छलफलमा प्रदेश र संसदको चुनावका विषयमा समेत छलफल हु परियारले पहिलो पोस्टलार्इ जानकारी दिए।

तीन दलका शीर्ष नेताहरुको छलफलपछि बस्ने भनेको सर्वदलीय बैठक भने स्थगित गरिएको छ। प्रधानमन्त्रीको व्यस्तताका कारण सर्वदलीय बैठक स्थगित गरिएको परियारले जानकारी दिए। 

संसदमा मिल्ला त जोड घटाउ? 

दुर्इ तिहार्इ सांसदका मत एकीकृत भएपछिमात्र संविधान संशोधन हुन्छ। तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले अहिले संविधान संशोधनको पक्षमा देखिएको छैन। त्यसकारण सत्तारुढ दलसँग दुई तिहाई मत पुग्न कठिन छ। 

एमालेबाट १ सय ८२ सांसद छन्। राप्रपाका २५ सांसद छन्। फुटपछिको अवस्था के भन्ने प्रस्ट नहुँदा सत्तारुढ दललार्इ संविधान संशोधन फलामको च्युरा सावित हुँदैछ। 

एमाले विपक्षमा उभिए पनि अन्य साना दललाई लिएर सग्लो राप्रपाको साथ पाउँदा संसदमा दुई तिहाइ मत पुग्न सक्थ्यो। तर, राप्रपाले पार्टी फुटाएको आरोप लगाउँदै सरकारलार्इ दिएको सर्मथन फिर्ता लिएको छ। दर्ता प्रक्रियामै रहेको राप्रपा प्रजातान्त्रिकका सांसद कुन पक्षमा उभिनेछन् यकिन छैन।  

संशोधन हुनेमा राजपा ढुक्क 

संविधान संशोधन हुनेमा ढुक्क देखिन्छ राष्ट्रिय जनता पार्टी। सत्तारुढ दल र राजपा नेताबीच भएको छलफलमा संविधान संशोधन यही महिनाभित्रै टुंगो लागाएर राजापा निर्वाचनमा जाने सहमति भएको राजपाका नेता शरदसिंह भण्डारीले बताए। उनले आफूहरु संविधान संशोधन हुनेमा पक्का भएको बताए। 

संविधान संशोधनमा दुर्इवटै राप्रपा सकारात्मक रहेकाले राजपाले संविधान संशोधन पास हुनेमा ढुक्क रहेको नेता भण्डारीले जानकारी दिए। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell