PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

उद्धारमा उत्रेका सुरक्षा निकाय नै बाढीका पीडीत!



पहिलोपोस्ट

उद्धारमा उत्रेका सुरक्षा निकाय नै बाढीका पीडीत!

काठमाडौं : बाढी पहिरोका कारण पूर्वी, मध्य र पश्चिम तराई आक्रान्त बनेको छ। सयौंका घर डुवानमा छन्। तीनवटै सुरक्षा निकाय उद्धार र राहतमा जुटेका छन्।

खटिएका सुरक्षाकर्मीकै थातथलो बाढीको चपेटमा छ। सशस्त्र प्रहरी बलका ३७ बटा बेस,  गुल्म देखि चेकपोष्टसम्म बाढी र पहिरोले प्रभावित बनेको छ। ३७ वटा मध्ये केही युनिटमा जमेको पानी, हिलो र लेदो पन्छाएर प्रहरीले काम सुरु गरे पनि केही युनिटबाट प्रहरी अझै प्रहरी फर्कन सकेका छैनन्। प्रभावित युनिटमा पानी,  हिलो पन्छाएर युनिट बसाउने काम भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजु अर्यालले बताए। 


प्रहरी युनिट नै विस्थापित

बाढी पहिरोका कारण शसस्त्र प्रहरी बलका ७ युनिट विस्थापित भएका छन्। रौतहटको सरमजुवामा रहेको सशस्त्र प्रहरीबलको 'बिओपी' (बोर्डर आउट पोष्ट) बाढीका कारण क्षति भएकाले अहिले छोटी भन्सार बंकुलमा गई काम गरिरहेको छ। गौर नगरपालिकाको बिओपी  गौरको भन्सार कार्यालयमा सरेको छ। राजश्व भन्सार सुरक्षा गुल्म जलेश्वर महोत्तरीको पशु क्वारेन्टाइनको कार्यालयमा सारिएको छ। सप्रबल नेपाल अस्थायी सुरक्षा बेस ठोरी पर्सा - राष्ट्रिय प्रावि ठोरीमा सारिएको छ। बिओपी छतौना सर्लाही सीताराम निमाविको भवनमा अस्थायी कार्यालय स्थापन गरी काम गरिररहेको छ।

सशस्त्रका ७ हजार सुरक्षाकर्मी परिचालन

सशस्त्र प्रहरीले बाढी पहिरोमा उद्धार र राहत वितरणका लागि देशभर ७ हजार १ सय २३ सुरक्षाकर्मी परिचाल गरिएको जनाएको छ। पुर्वाञ्चलमा २ हजार ५ सय ६५, मध्यमा १ हजार ९ सय ९७, पश्चिममा २ सय ४५, मध्यपश्चिममा १९ सय ५ र सुदुर पश्चिममा २ सय ६१ सुरक्षाकर्मी  खटाएको एसएसपी अर्यालले जानकारी दिए। सशस्त्र प्रहरीले अहिलेसम्म ४२ हजार ३ सय ५६ जनालाई उद्धार गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell