PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयद्वारा सवारी साधन दर्ताबाट २६ करोड रुपैयाँ राजश्व संकलन



रासस

सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयद्वारा सवारी साधन दर्ताबाट २६ करोड रुपैयाँ राजश्व संकलन

लहान । सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय सिरहाले आर्थिक वर्ष २०७३/७४ मा १३ हजार नयाँ सवारी साधन दर्ता गरेको छ। 

सबैभन्दा बढी मोटरसाइकल १० हजार ७८७ वटा, ट्याक्टर एक हजार १८, सिटी रिक्सा ९०८, जिप÷पिकप भ्यान २१६, बस ३१ तथा एम्बुलेन्स २७ वटा दर्ता भएका कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिए । 

नयाँ सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट कार्यालयले २६ करोड २४ लाख ४४ हजार राजश्व संकलन गरेको छ। आर्थिक वर्ष २०७२/७३ मा सो कार्यालयमा १३ हजार ७४० सवारी साधन दर्ता भई १५ करोड २६ लाख २१ हजार राजश्व संकलन भएको थियो। 

आर्थिक वर्ष २०७३/७४ मा कार्यालयले ५१६ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरेको थियो। सगरमाथा अञ्चल कार्यालयले सिरहासँगै सप्तरी, उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुाखुम्बु जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell