PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाली व्यवसायीको आग्रह



रासस

सञ्जाल विस्तारमा जोड दिन चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाली व्यवसायीको आग्रह

काठमाडौँ  :  नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन्। 

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीच सम्बन्ध सञ्जाल विस्तारका लागि आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले जानकारी दिइन्। 

सबै क्षेत्रका लागि सञ्जाल महत्वपूर्ण भएको भन्दै अध्यक्ष राणाले नेपालसँगका नाका विस्तार र सुचारु गर्ने सम्बन्धमा दुई पक्षबीच छलफल भएको जानकारी दिइन्। उनले भनिन्‘चीनले आयातमा दिने छुटको सम्बन्धमा नेपालमा उत्पादन हुने र निर्यात भइरहेका बस्तु र व्यापारलाई प्राथकिता दिनुपर्छ। भन्सार समस्याका बारेमा पनि कुरा भयो।’ 

भेटमा उद्योगी व्यवसायीले तातोपानी नाका सुचारु गर्नुपर्ने, दुबै देशको पर्यटन प्रवद्र्धन र नेपालको जडीबुटी व्यापारका सम्बन्धमा पनि कुरा राखेका थिए। 

भेटमा महासंघका अध्यक्ष राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपालका उद्योग व्यवसायी सहभागी थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell