PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

शाहरुख खानले पनि गर्लान् त वितरकको पैसा फिर्ता?



पहिलोपोस्ट

शाहरुख खानले पनि गर्लान् त वितरकको पैसा फिर्ता?

बलिउडको लागि यो वर्ष बक्सअफिसमा त्यति बलियो बन्न सकेको छैन। बलिउड स्टारहरुको अपेक्षित फिल्महरुले पनि निराशजनक प्रदर्शन गरेपछि कलाकार र निर्माता मात्र नभएर फिल्म वितरकहरु पनि समस्यामा परेका छन्। इद रिलिज ट्युबलाइट, झण्डै चार वर्षपछि सार्वजनिक जग्गा जासुस र जब ह्यारी मेट सेजल निकै अपेक्षित फिल्म थिए। तर तीनवटै फिल्म असफल रहे।

फिल्म फ्लप हुँदा चर्को घाटा बेहोरेपछि बलिउडका स्टार सलमान खानले ट्युबलाइटका वितरकलाई घाटाको आधा रकम फिर्ता दिने बचन दिएका थिए। त्यसै अनुसारुप उनले वितरकलाई ३२ करोड ५० लाख रुपैयाँ फिर्ता गरे। जुन रकम फिल्म वितरकले बेहोरेको घाटाको ५० प्रतिशत हो। ट्युबलाइटले एक सय ३२ करोड इन्डियन बक्सअफिसमा जम्मा गरेको थियो।

जसको तुलनामा शाहरुखको फिल्म झनै कमजोर साबित भयो किनकी जब ह्यारी मेट सेजलले जम्मा ८० करोडको व्यवसाय गरेको छ। फिल्म यसरी घाटामा गयो की सबैभन्दा थोरै मुल्यमा फिल्म किन्ने डिस्ट्रिब्युटर पनि ठूलो घाटामा परेका छन्। फिल्मका लागि विक्रेता रहेका सबैले एकसाथ शाहरुखलाई मेसेज पठाएका छन्। उनीहरुले आफूले बेहोरेको घाटा रिफन्डको आह्वान गरेका हुन्। फिल्मको इन्डियन बक्सअफिस राइट्सको मात्र नभएर स्याटलाइट, म्यूजिक र डिजिटल राइट्सको पनि रिफन्डको माग गरिएको हो।

यसअघि शाहरुख खानले सन् २०१५मा फिल्म दिलवालेको विक्रेताहरुलाई पैसा रिफन्ड गरिदिएका थिए। उनले पनि सलमानले ट्युबलाइटको केसमा गरेजस्तै घाटाको ५० प्रतिशत अर्थात २५ करोड रुपैंया रिफन्ड गरेको बलिउड हंगामामा जनाइएको छ। त्यस्तै सन् २००१ मा फिल्म अशोकाको विक्रेता र सन् २००५ मा फिल्म पहेलीको विक्रेतालाई पनि उनले रिफन्ड गरेका थिए।

निर्माताहरुले फिल्म घाटामा जाँदा पैसा रिफन्ड गर्न पर्ने नियम वा कानुन केही नभए पनि हाल सबै विक्रेताले सलमान खानको बाटो पच्छ्याएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell