काठमाडौं : एएफसी एसिया कपको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो जित हात पारेको छ।
बुधबार भएको खेलमा नेपालले क्वानसेइ गाक्वुइन युनिभर्सिटी टिमलाई २-१ ले पराजित गरेको हो। नेपालको लागि खेलको अन्त्यतिर सुमन लामाले विजयी गोल गरेका हुन्।
खेल नेपालले जितेपनि युनिभर्सिटीको टिमले अधिकाँश समय बल कन्ट्रोल गरेको थियो।
नेपालले पहिलो खेलमा गाम्बा ओसाका-२३ टिमसँग १-१ को बराबरी खेलेको थियो।
दश दिने भ्रमणमा जापान गएको नेपालले भोली तेस्रो खेलमा अमिटिज स्पोर्ट्स क्लबसँग खेल्नेछ।