PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

प्रधानमन्त्रीले लिए कांग्रेस नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी



रासस

प्रधानमन्त्रीले लिए कांग्रेस नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्। 

आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर प्रधानमन्त्रीले उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिए। 

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिए। 

निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको थियो। चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell