PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

देउवाद्वारा वसन्तराम भण्डारी महान्यायाधिवक्ता सिफारिस



पहिलोपोस्ट

देउवाद्वारा वसन्तराम भण्डारी महान्यायाधिवक्ता सिफारिस

काठमाडौं : सरकारले वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधीवक्ताका रुपमा नियुक्त गर्ने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्त भएका रमण श्रेष्ठले साउन २९ गते राजीनामा दिएपछि सरकारको कानुनी सल्लाहकार पद खाली थियो। खाली पदपूर्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई रोजेका हुन्।

दलगत राजनीतिमा सक्रिय नरहेका अधिवक्ता भण्डारी कर्पोरेट लयरका रुपमा स्थापित पुराना कानुन व्यवसायी हुन्। २०३३ सालमा नेपाल बार एसोसिएसनका सदस्यसमेत रहेका उनी कानुनी क्षेत्रमा प्रतिष्ठित वकिल हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell