PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

फार्मेसीबाट भरतपुर अस्पतालको आम्दानी एक करोड भन्दा बढी, आफैंले सञ्चालन गर्दा फाइदा



राजेन्द्र आचार्य

फार्मेसीबाट भरतपुर अस्पतालको आम्दानी एक करोड भन्दा बढी, आफैंले सञ्चालन गर्दा फाइदा

चितवनः चितवनको भरतपुर अस्पतालले फार्मेसीबाट एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ। विरामीको सुविधाका लागि सस्तोमा औषधि विक्रि गर्दा गतवर्षको कात्तिकदेखि साउन महिनासम्म १ करोड ७ लाख ५० हजार रुपैयाँ आम्दानी भएको अस्पतालले जनाएको छ।

यसअघि अस्पतालले निजी फार्मेसीलाई  मासिक १७ लाख रुपैयाँमा सटर भाडामा दिएको थियो। अस्पतालले आफैंले फार्मेसी संचालन गरेपछि आउने भाडा भन्दा तीन लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेकोे फार्मेसीका स्टोर प्रमुख राजकुमार ढुङ्गानाले जानकारी दिए।

अस्पतालले गतवर्षको कार्तिक महिनादेखि आफैं फार्मेसी संचालन गरेको थियो। फार्मेसी संचालनका लागि सरकारले १५ लाख रुपैयाँ सहयोग गरेको थियो।

सरकारबाट आएको रकम चलाउन नपाईने भएपछि सुरुमा उधारोमा औषधि खरिद गरी फार्मेसी सञ्चालन गरिएको थियो। अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्न थालेपछि फार्मेर्सीको काउण्टर थप्ने तयारी अस्पतालले गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell