
काठमाडौं : चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले चिनियाँ राष्ट्रपति सिजिनपिङ् चाँडै नेपाल भ्रमणमा आउन चाहेको बताएका छन्।
नेपालको चार दिने औपचारिक भ्रमणमा आएका उपप्रधानमन्त्री वाङले प्रधानमन्त्रीसँगको भेटमा यस्तो जानकारी दिएका हुन्।
‘वाङले चिनिया राष्ट्रपति चाँडै नेपाल भ्रमणमा आउन चाहेकको कुरा प्रधानमन्त्रीसँगको भेटका क्रममा बताउनुभएको छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा दिनेशचन्द्र भट्टराईले भने, ‘हाम्रा प्रधानमन्त्रीले नेपाल चिनियाँ प्रधानमन्त्रीको स्वागतका लागि आतुर रहेको बताउनुभएको छ।’
उनले चीन नेपालको असल र एकदमै नजिकको छिमेकी भन्दै त्यहाँका राष्ट्रप्रमुखको स्वागत नेपालका लागि गर्वको विषय हुने बताए।