PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

बाढीबाट बिहारमा ९१ जनाको मृत्यु, करिब एक करोड प्रभावित



रासस

बाढीबाट बिहारमा ९१ जनाको मृत्यु, करिब एक करोड प्रभावित
फोटो श्रोतः indiatimes.com

नयाँदिल्ली : भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको छ भने करिब ९६ लाख नागरिक प्रभावित भएका छन्। 

तीन दिनदेखि बिहारमा जारी वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ। बिहारको राजधानी पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ। ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी छ। जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ। 

बाढीका कारण लाखौँ नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन्। त्यस्तै हजारौँ जना घरबारबिहीन बन्न पुगेका छन्। बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ। सरकारले उद्वारकार्यलाई तिब्रता दिएको जनाएको छ। 

बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ । प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन्। 

बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्वार र राहात वितरणका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। 

बिहारमा मङ्गलबारसम्म वर्षा नरोकिएकाले पानीको सतह घटेको छैन। यसका कारण उद्वारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन्। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell