PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले भने–दुवै निर्वाचन एकै पटक कठिन



पहिलोपोस्ट

प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले भने–दुवै निर्वाचन एकै पटक कठिन

काठमाडौँ : निर्वाचन आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभा दुवै निर्वाचन एकैपटक गर्न कठिन हुने बताएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा आयोगका पदाधिकारीले  प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न कठिन हुने बताएका हुन्।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर त्यस विषयमा जानकारी मागेका थिए। 

भेटमा आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवालाई आयोगका तर्फबाट निर्वाचनका लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइनसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुनेबारे जानकारी गराएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 

व्यस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्न सम्भव रहेका बारे प्रधानमन्त्री समक्ष कुरा राखिएको जनाउँदै आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन एकैपटक सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ भन्नेबारे आयोगमा थप छलफल गरेर मात्र जानकारी दिनसक्ने बताएको थियो । 

प्रधानमन्त्रीबाट मुख्य तीन दलका शीर्ष नेतासँग आजै छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने बताएको निर्वाचन आयोगले जानकारी दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell